एमालेको आज बस्ने तय भएको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारका लागि सारियो

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज बस्ने तय भएको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारका लागि सारिएको छ ।

भीष्म अधिकारीका अनुसार सोमबार अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा सचिवालय बैठक बस्नेछ । आइतबार पर्ने मदन-आश्रित दिवसको तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको अधिकारीले जानकारी दिए ।

बैठकमा पार्टीभित्रको कार्यविभाजन, संगठनात्मक विषय तथा फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा हुने बताइएको छ । निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर नतिजा ल्याएको भन्दै नेतृत्वले जिम्मेवारी लिनुपर्ने आवाज पार्टीभित्र उठ्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्