आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

 

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधन स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्।

आज दिउँसो ४ बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संघीय संसद्का दुवै सदनको अधिवेशन पनि आजदेखि सुरु हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्