वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

 

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार वैशाख २८ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरिएको हो।

यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

तर आह्वान गरिएको भोलिपल्ट सरकारकै सिफारिसमा अधिवेशन स्थगित गरिएको थियो। त्यसपछि सरकारले विभिन्न आठ वटा अध्यादेश जारी गरेको छ।

सरकारले पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले यसअघि फिर्ता पठाएका थिए। सो अध्यादेश पुनः मन्त्रिपरिषद्बाट सिफारिस भएपछि आज राष्ट्रपतिले जारी गरेका छन्। त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् अधिवेशन आह्वानको निर्णय गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्