सरकारसँग व्यवसायीको आग्रह, सहज व्यापार वातावरण र स्पष्ट नीति चाहियो

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र मन्त्रालयका सचिव कृष्ण बहादुर रावत समक्ष व्यवसायीहरूले बजारका समस्या, चुनौती तथा सुधारका सुझावहरू एमआरपीको बिषयले बजारमा देखिएको चुनौतीहरु प्रस्तुत गरेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ, नेपाल राष्ट्रिय व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष तथा नेपाल व्यापार संघका  निवर्तमान अध्यक्ष हरि गौतम, नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेल तथा नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कुमार कार्की सहितको टोलीले आज मन्त्रालय पुगेर मन्त्री र सचिवसँग भेटवार्ता गरेको हो।

भेटका क्रममा व्यवसायीहरूले उच्चतम खुद्रा मूल्य (एमआरपी) ले व्यापारीहरुमाथि अन्यौल थपिएको बारे प्रस्तुत गर्नुभयो । जसमा व्यवसायीहरुले हाल मौज्दात (स्टक) रहेका सामानहरूलाई व्यवस्थापन तथा क्लियर गर्न कम्तीमा ६ महिनाको समय दिन माग गरेका छन्। त्यस्तै, वस्तुको अधिकतम खुद्रा मूल्य (MRP) उत्पादन वा आयातको मुहानबाटै निर्धारण भएर आउनुपर्ने आवश्यकता औंल्याउँदै, त्यसको कार्यान्वयनका लागि स्पष्ट नीति आवश्यक रहेको बताएका छन्।

व्यवसायीहरूले व्यापार प्रक्रियामा देखिएका जटिलता हटाउन वाणिज्य, भन्सार तथा आन्तरिक राजस्व विभागका प्रमुखहरूबीच समन्वय गरी एकीकृत रूपमा सहज र सरल व्यापारिक वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्। साथै, व्यवसायीहरूलाई आवश्यक ज्ञान तथा सीप अभिवृद्धिका लागि नियमित तालिमको व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ।

उनीहरूले सरकारी निकायबाट हुने अनावश्यक झन्झट र दबाबले व्यवसायीहरू आतंकित हुने अवस्था अन्त्य गरी मैत्रीपूर्ण वातावरणमा व्यापार गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्