गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा

तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले पदभार सम्हालेकै दिन मन्त्रिपरिषद् गठन गर्दा गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।

कार्यकालको सुरुवातमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चामा आएका गुरुङ पछिल्लो समय भने विभिन्न आरोपका कारण आलोचनामा परेका थिए ।

उच्च स्रोतका अनुसार रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्