अब २४ घण्टाभित्रै लाइसेन्स कार्ड छपाइ, पुराना २९ लाख कार्ड असारभित्र सक्ने लक्ष्य

काठमाडौं- नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागू गरेको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का अनुसार अबदेखि नयाँ लाइसेन्सका लागि आवश्यक प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापिनेछ । यातायात व्यवस्था विभाग बाट डाटा प्राप्त हुनासाथ सुरक्षण मुद्रण केन्द्र ले २४ घण्टाभित्र कार्ड छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

यस व्यवस्थासँगै नयाँ आवेदकहरूले लाइसेन्स कार्डका लागि लामो समय कुर्न नपर्ने मन्त्रालयले जनाएको छ । त्यसैगरी, लामो समयदेखि छाप्न बाँकी रहेका करिब २९ लाख पुराना लाइसेन्स कार्डहरू पनि आउँदो असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्