संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, अर्याल सभामुखमा निर्वाचित भएको घोषणा हुने

काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभा को बैठक बस्नेछ ।

आजको बैठकमा सभामुख पदमा डोलप्रसाद अर्याल लाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति अर्यालले गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गर्नुभएको थियो र उहाँको एकल उम्मेदवारी परेको छ । आजको बैठकबाट उहाँ सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, दिउँसो सवा १२ बजे राष्ट्रियसभा को बैठक बस्नेछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने, साथै अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोक्ने कार्यसूची रहेको छ । यसैबीच, बालेन्द्र शाह नेतृत्वको सरकारले प्रस्तुत गर्ने कार्यक्रमअनुसार प्रधानमन्त्रीले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको पद्यप्रसाद पाण्डेय ले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्