दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

दार्चुला दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। यद्यपि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यसअघि पनि गत चैत ९ गते सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो। लगातार साना परिमाणका भूकम्प भइरहेकाले स्थानीयवासीमा केही त्रास देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्