डोटीमा बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

डोटी – सुदूरपश्चिमको डोटी जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आदर्श गाउँपालिका वडा नं. ६ रौसेल्ला खोलास्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परेर सुबोध रोकाया (अन्दाजी २२ वर्ष) र कैलाश बि.क. (अन्दाजी १९ वर्ष) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। गए राति करिब साढे १२ बजेतिर दुर्घटना भएको र स्थानीयले करिब १ बजे प्रहरीलाई जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय आदर्श बाट प्रहरी निरीक्षक पदमराज पन्तको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार जीप सडकबाट करिब ९ सय मिटर तल साईली खोलामा खसेको अवस्थामा फेला परेको हो। मृतक दुवै जनाको शव घटनास्थलबाट सडकसम्म ल्याउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्