नेपाल व्यापार संघद्वारा नबिल बैंकलाई सम्मानपत्र

काठमाडौँ – नेपाल व्यापार संघले स्मारिका प्रकाशनमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै नबिल बैंकलाई सम्मान गरेको छ । संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनको अवसरमा नबिल बैंकलाई सम्मान–पत्र प्रदान गरिएको हो ।

नेपाल व्यापार संघका अनुसार स्मारिका सफलतापूर्वक प्रकाशन गर्न नबिल बैंकले विज्ञापन सहयोगमार्फत महत्वपूर्ण योगदान पुर्‍याएको थियो । विज्ञापन संकलन तथा सहयोगमा बैंकले देखाएको सक्रियता, सहयोगी भावना र समर्पणले प्रकाशन कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न ठूलो टेवा पुगेको उल्लेख गरिएको छ ।

संघले उक्त योगदानको उच्च कदर गर्दै अधिवेशनकै अवसर पारेर बैंकलाई सम्मान गरेको जनाएको छ । उक्त सम्मान पत्र नबिल बैंकलाई प्रदान गरिएको निवर्तमान अध्यक्ष हरि गौतमले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्