काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान उनको निधन भएको हो। बिहान करिब ३ बजे नेपाल कोरिया मैत्री नगर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार केही दिनदेखि अस्वस्थ रहेका उनी छोरीको घरमा बस्दै आएका थिए। शारीरिक अवस्था जटिल भएपछि शुक्रबार बिहान अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको पार्थिव शरीर भक्तपुरस्थित अध्यक्ष ओलीको निवास गुण्डु लगिने र आजै आर्यघाट मा दाहसंस्कार गरिने सचिवालयले जनाएको छ।







