धनुषा-१ को मतपरिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको छ ।

आयोगले फागुन १८ गते राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध कमल सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले अदालतबाट आदेश नआउँदासम्म उक्त क्षेत्रको पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपरिणाम घोषणा नगर्न पत्र पठाएको हो ।

धनुषा-१ मा हाल मतगणना जारी रहेको छ । मतगणनाको क्रममा उम्मेदवारी खारेजीमा परेका कमलकै पक्षमा उल्लेख्य मत आइरहेको बताइएको छ । उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रका मातृका यादव, नेपाली कांग्रेसका राम पल्टन साह र नेकपा एमालेका रामचन्द्र मण्डलबीच प्रतिस्पर्धा भइरहेको छ । तर उनीहरूलाई भन्दा बढी मत भने उम्मेदवारी खारेजीमा परेका कमलकै पक्षमा आइरहेको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्