इरानको छात्रा विद्यालयमा आक्रमण: मृत्यु हुनेको संख्या ५३ पुग्यो

Photo: reuters

काठमाडौं । इरानको सरकारी समाचार एजेन्सी इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) का अनुसार छात्राहरूको एक विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ। बीबीसीले आईआरएनएलाई उद्धृत गर्दै जनाएअनुसार उक्त जानकारी इरानको शिक्षा मन्त्रालयका एक प्रवक्ताले दिएका हुन्। यसअघि सो आक्रमण दक्षिणी इरानको होर्मोज्गान प्रान्तअन्तर्गत मिनाब काउन्टीमा रहेको छात्राहरूको प्राथमिक विद्यालयमा भएको बताइएको थियो।

शिक्षा मन्त्रालयका प्रवक्ताका अनुसार शनिबार विद्यालय परिसरमा ‘तीनवटा क्षेप्यास्त्र आक्रमण’ भएका थिए। आक्रमणमा कम्तीमा ६३ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रवक्ताले घटनास्थलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिँदै सम्भावित अन्य पीडितहरूको खोजीका लागि विद्यालय परिसरका भग्नावशेष हटाउने काम भइरहेको बताएका छन्।

घटनापछि अन्तर्राष्ट्रिय स्तरमा चिन्ता व्यक्त गरिएको छ भने मध्यपूर्व क्षेत्रमा जारी तनावका बीच नागरिक संरचनामाथि भएको आक्रमणले मानवीय संकट थप गम्भीर बन्ने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्