उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ — देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका धेरै स्थान र उपत्यकाहरूमा हुस्सु लागेको छ। आज दिउँसोसम्म तराईका केही ठाउँमा हुस्सु कायमै रहने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्। आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

तत्काल वर्षा हुने सम्भावना नरहेकाले तराई तथा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको अवस्था यथावत् रहने देखिएको छ।

आज बिहान पौने ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस मापन भएको छ। हिजो काठमाडौँको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्