तामाकोशी बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो, ८ जना घाइते

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीस्थित तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ९९७५ नम्बरको बस मंगलबार बिहान नदीमा खसेर दुर्घटना भएको हो।

मन्थली अस्पतालका अनुसार मृतक १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। पहिचान हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल, शिव श्रेष्ठ, रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन्। एक जनाको पहिचान खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ।

रामेछापका डीएसपी भोला भट्टका अनुसार दुर्घटनामा घाइते भएका ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरी उद्धार कार्य गरिएको थियो।

यसअघि बसमा १३ जना सवार रहेको भनिए पनि करिब २० जना यात्रु रहेको अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्