ग्यासको कृत्रिम अभाव देखिन थालेपछि अनुगमन तीव्र, समस्या भए हटलाइनमा फोन गर्न आग्रह

काठमाडौँ – बजारमा खाना पकाउने ग्यासको अभाव र खानेतेल, दाल, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्ताबाट अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या भएको गुनासो बढेपछि विभागले उत्पादक, आयातकर्ता, विक्रेता, भण्डारणकर्ता तथा सेवाप्रदायक प्रतिष्ठानमा संयुक्त रूपमा नियमित अनुगमन थालेको जनाएको छ।

नेपाल आयल निगमले ग्यासको सहज आपूर्ति भइरहेको दाबी गरे पनि उपभोक्ताले सहजै ग्यास नपाएको विभागको निष्कर्ष छ। मागअनुसार आपूर्ति हुन नसक्दा केही क्षेत्रमा अभाव देखिएको बताइएको छ।  ग्यास आपूर्तिमा समस्या आए कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न पनि निगमले उपभोक्तालाई अनुरोध गरेको छ।

निगमका अनुसार निर्वाचनलाई ध्यानमा राख्दै ग्यासको आयात बढाइएको छ। फेब्रुअरी महिनाको कोटामा दुई हजार मेट्रिक टन थप गरिएको र हाल दैनिक औसत ११० बुलेटमार्फत ग्यास आयात भइरहेको निगमले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्