रवि लामिछानेको आजका लागि तय गरिएको नवलपरासीको चुनावी कार्यक्रम प्रशासनद्वारा रोक

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मंगलबारका लागि तय गरिएको नवलपरासीको चुनावी कार्यक्रम प्रशासनले रोक लगाएको छ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कार्यक्रम स्थगित गर्न निर्देशन दिएको हो।

लामिछाने सोमबार रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए। त्यसपछि मंगलबार नवलपरासीका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो। तर माघ २७ गतेका लागि तय कार्यक्रमलाई लक्षित गर्दै प्रशासनले सूचना जारी गरी रोक लगाएको जनाएको छ।

यसअघि उनी आइतबार पूर्वी नवलपुर र पश्चिम नवलपरासीका चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार दिनभर रुपन्देहीमा प्रचार–प्रसार कार्यक्रममा सक्रिय थिए। मंगलबार नवलपरासीको कार्यक्रम सकेर चितवन फर्कने कार्यतालिका रहे पनि प्रशासनिक निर्णयपछि कार्यक्रम सञ्चालन हुन सकेन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्