‘कसलाई मत दिनुहुन्छ’ भनी सोधेर मतदाताको गोपनीयता भङ्ग गरिएको भन्दै आपत्ति

काठमाडौँ – जिल्ला निर्वाचन कार्यालय काठमाडौँले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममार्फत मतदातासँग ‘कसलाई मत दिनुहुन्छ’ भनी सोधेर मतदाताको गोपनीयता भङ्ग गरिएको भन्दै आपत्ति जनाएको छ।

निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ को उल्लङ्घन भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न÷नगराउन सरोकारवालाको ध्यानाकर्षण गराएको हो। आचारसंहिता विपरीतका गतिविधि नरोकिए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

कार्यालयका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्र तोकिएको अवधिमा निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था छ। तर, केही राजनीतिक दल, उम्मेदवार तथा तिनका प्रतिनिधिहरूले निर्धारित समयअगावै कोणसभा गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रममार्फत मतदातालाई प्रभाव पार्ने गतिविधि गरिरहेको सूचना प्राप्त भएको जनाएको छ।

यस्ता गतिविधिले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै निर्वाचन कार्यालयले तत्काल त्यस्तो कार्य रोक्न आग्रह गरेको छ। साथै, उल्लङ्घनसम्बन्धी प्रमाण प्राप्त भए कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्