कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि नेकपाको कारबाही

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रदेशसभा सदस्य शर्मा जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएपछि नेकपाले उनलाई सांसद पदबाट हटाउने प्रक्रिया थालेको हो ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण माग गर्दै पत्र पठाएका छन् । माघ २२ गते २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिए पनि हालसम्म कुनै जवाफ नआएको पार्टीले जनाएको छ ।

पार्टीले शर्मालाई पार्टी सदस्य र संसदीय दलको सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण मागेको हो । शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिमबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्