काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन्।
देउवाको सचिवालयले उहाँको कुनै पनि चुनावी सभा वा अन्य कार्यक्रममा सहभागी हुने तालिका नरहेको स्पष्ट पारेको छ। केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने समाचार आएपछि सचिवालयले त्यसको खण्डन गर्दै यस्तो जानकारी दिएको हो।
सचिवालयका अनुसार, “चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन।” गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन भइसकेको छ। त्यसयता देउवा पार्टीका नियमित गतिविधिमा संलग्न देखिनु भएको छैन।







