काठमाडौं — सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीको आईपीओमा कुल २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका थिए। उनीहरूले ३ करोड १७ लाख ८ हजार ३९० कित्ता शेयरका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन्। यो माग निष्कासित शेयरको तुलनामा करिब ३.८६ गुणा बढी रहेको छ।
बाँडफाँड अनुसार ८ लाख २० हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल ८२ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।







