काठमाडौं – नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार पोखरेललाई टिकट दिइसकिएको छ। “अब उहाँले नै निर्वाचन लड्नुहुन्छ, टिकट पाउनुभएको छ,” निरौलाले बताए।
गत शनिबार बसेको पार्टी सचिवालय बैठकले काठमाडौं–५ को उम्मेदवारबारे कुनै निर्णय नगरे पनि पछिल्लो निर्णयअनुसार पोखरेललाई उम्मेदवार बनाइएको हो।
यसैगरी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा अजय क्रान्तिले एमालेको टिकट पाएका छन्। तर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार भने अझै टुंगो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ।





