लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दी भइरहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलगायतका शक्तिहरू लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनीहरू देश निर्माणको पक्षमा नभई विध्वंस निम्त्याउने उद्देश्यले एक ठाउँमा आएको दाबी गरे।

‘उनीहरू एक ठाउँमा उभिने प्रयास गरिरहेका छन्। यो राम्रो मनसायले होइन, फरक मनसायले—देश बर्बाद पार्ने उद्देश्यले—उभिएका हुन्,’ अध्यक्ष ओलीले भने, ‘देश बनाउने लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिँदैछ।’

अध्यक्ष ओलीले कुनै सार्वजनिक जवाफदेहिता नबोकेकाहरूले लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा बनाएको उल्लेख गरे। साथै, अवतारी पात्र आएर जादुजस्तो गरी समस्या समाधान हुन्छ भन्ने भ्रम फैलाइएको पनि उनले आरोप लगाए।

‘कुनै अवतारी आएर सबै समस्या जादुअनुसार समाधान हुन्छ भन्ने भ्रम सिर्जना गरिएको छ,’ ओलीले भने।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्