निर्वाचन प्रहरीका लागि भर्ना खुला, १ लाख ३३ हजार ९८० जना माग

File Photo

काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुलाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरिएको जनाएको छ ।

सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दर्खास्त दिन सक्नेछन् । सार्वजनिक बिदाका दिनहरूमा समेत दर्खास्त लिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्