राष्ट्रिय सभा निर्वाचन: कांग्रेस-एमाले तालमेलबाट नेकपा बाहिरियो

File photo

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेल प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ। यससँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा निर्वाचन लड्ने गरी बनाउने भनिएको महागठबन्धनको प्रयास तत्कालका लागि भत्किएको छ।

राष्ट्रिय सभाका १८ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेस र एमालेले भागबण्डा टुंग्याउँदै उम्मेदवारसमेत चयन गरिसकेका छन्। सहमतिअनुसार कांग्रेसले ९ जना र एमालेले ८ जना उम्मेदवार उठाउने भएका छन्।

कांग्रेस र एमालेले मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाई एक सिट दिने निर्णय गरेका छन्। मधेश प्रदेशमा जसपा नेपाल तेस्रो ठूलो दल हो। बाँकी प्रदेशहरूमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी दल रहेका छन्।

दुई प्रमुख प्रतिस्पर्धी दल कांग्रेस र एमालेले भागबण्डाका आधारमा उम्मेदवार उठाउने निर्णय गरेपछि नेपाली कम्युनिस्ट पार्टी महागठबन्धनबाट अलग भएको हो। पार्टीले एकल रूपमा उम्मेदवारी दिने तयारी गरेको जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले अनलाइनखबरसँग भने, “कांग्रेस र एमालेसँग गठबन्धन नहुने भयो। हाम्रो पार्टीका तर्फबाट सबै ठाउँमा उम्मेदवारी पर्छ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्