रास्वपाले बालेन पक्षका २६ जनालाई केन्द्रीय सदस्य मनोनित, बालेन वरिष्ठ नेता

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उक्त निर्णय गर्दै बालेनलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

रास्वपा र बालेनबीच भएको सहमतिअनुसार, बालेन समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री तथा सहमहामन्त्री पदसमेत पाउने सहमति भएको जनाइएको छ । रास्वपा सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेनबीच पुस १३ गते पार्टी एकता गर्ने सहमति भएको थियो ।

त्यही सहमतिका आधारमा हिजोको केन्द्रीय समिति बैठकले संगठनात्मक समायोजन गरेको रास्वपाले जनाएको छ ।

हिजो मनोनित भएका केन्द्रीय सदस्यहरूमध्ये प्रमुख रूपमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् ।

पार्टी एकतापछि नेतृत्व संरचना थप सुदृढ हुने र आगामी राजनीतिक गतिविधिमा रास्वपाको भूमिका प्रभावकारी बन्ने नेताहरूको अपेक्षा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्