अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार घाइतेको संख्या ११ पुगेको छ भने केही व्यक्ति सम्पर्कविहिन छन् । यूपीएसको उक्त विमानमा रहेका तीन चालक दलका सदस्यसमेत सम्पर्कविहिन छन् । झन्डै ३८ हजार ग्यालन इन्धनसहित उडेको विमान विस्फोट भएपछि आगो लागेर वरपरका व्यवसायिक भवनहरूमा समेत क्षति पुगेको छ ।
संघीय विमान प्रशासन (एफएए)का अनुसार फ्लाइट २९७६ स्थानीय समयअनुसार बेलुका सवा पाँच बजे दुर्घटनाग्रस्त भएको हो ।







