नेप्सेमा पहिलो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

काठमाडौँ — नेपाल शेयर बजार (नेप्से)मा आज लामो समयपछि पहिलोपटक सकारात्मक सर्किट लागेको छ। बजार खुलेको मात्र तीन मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि स्वचालित रूपमा सर्किट लाग्दै कारोबार २० मिनेटका लागि स्थगित भएको हो।

लगानीकर्तामाझ उत्साहको माहोल छ। नेपाल राष्ट्र बैंकले बुधबार मार्जिन प्रकृतिको कर्जामा लगाइएको सीमा हटाउँदै सर्कुलर जारी गरेपछि बजारमा व्यापक सकारात्मक प्रतिक्रिया देखिएको हो। यस निर्णयले लगानीकर्ताको मनोबल बढाएको विश्लेषकहरूको भनाइ छ।

नेप्सेमा आज कारोबार पुनः बिहान ११ बजेर २३ मिनेटमा खुल्नेछ। त्यसपछि परिसूचक थप एक प्रतिशतले वृद्धि भएमा दोस्रो सर्किट लाग्दै कारोबार फेरि ४० मिनेटका लागि रोकिनेछ।

बजार विश्लेषकहरूका अनुसार, “मार्जिन कर्जाको सीमा हट्नु बजारको लगानी वातावरणका लागि ठूलो राहत बनेको छ। यसले आगामी दिनमा बजारलाई थप स्थायित्व दिने अपेक्षा गरिएको छ।”

नेप्सेमा अहिले बैंकिङ, हाइड्रो, वित्तीय र होटल समूहका सूचकहरूमा उल्लेखनीय वृद्धि देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्