रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु

रौतहट – रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चट्याङका घटना ईशनाथ र कटहरिया नगरपालिकामा भएका हुन्।

ईशनाथ नगरपालिका–८, मनसरी टोलका करिब ४५ वर्षीय शेख जमरुणको आज बिहान करिब ८:३० बजे आफ्नै घरको बरन्डामा बसिरहेको बेला चट्याङ लागेर ज्यान गएको हो।

त्यसैगरी कटहरिया नगरपालिका–२, अतियाही टोलका करिब १७ वर्षीय सरोज लहेरी र सोही ठाउँका १६ वर्षीय नबिन यादवलाई हिजो साँझ करिब ६:३० बजे भित्री सडकखण्डमा चट्याङ लागेको थियो।
दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले हाल देशका विभिन्न स्थानमा वर्षासँगै चट्याङको जोखिम बढेकाले अनावश्यक रूपमा खुला स्थानमा नबस्न र सुरक्षाका सावधानी अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्