पहिरो र बाढी जोखिमका कारण बिपी राजमार्ग ३ दिनका लागि बन्द

 

काठमाडौं । बिपी राजमार्ग तीन दिनका लागि बन्द गरिएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले शनिबार जारी गरेको सूचनाअनुसार भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा निजी तथा यात्रुबाहक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

अविरल वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेकाले शनिबार बिहान ९ बजेदेखि आगामी असोज २० गतेसम्मका लागि सवारी साधन चल्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन्।

उनका अनुसार जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले जोखिम न्यूनीकरणका लागि उक्त राजमार्ग अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो।

प्रशासनले यात्रुहरूलाई आवश्यक नपरी यात्रा नगर्न तथा बिपी राजमार्ग प्रयोग नगर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्