आजको मौसम : कोशी र कर्णालीका पहाडी भू–भागमा भारी वर्षा हुन सक्ने चेतावनी

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको सिक्किम आसपास बनेको पानी पार्ने प्रणालीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार उक्त प्रणालीको असर विशेषगरी नेपालको पूर्वी भू–भागमा पर्नेछ।

मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सामान्य अवस्थामा भए पनि पश्चिमतर्फ भने सरदरभन्दा दक्षिणतिर रहेको विभागले जनाएको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली हुने महाशाखाले बताएको छ। पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र अन्य पहाड तथा तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनीसमेत दिइएको छ।

मौसमविद्हरूले वर्षाको सम्भावनालाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्