माओवादी केन्द्र सरकारविरुद्ध सडक संघर्षको तयारीमा

काठमाडौं — नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी गर्ने भएको छ। वर्षायाम र चाडबाड सकिएपछि आन्दोलनको चरणतर्फ जाने गरी तयारी थालिएको पार्टीले जनाएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति जनतामा असन्तोष बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै आन्दोलन अपरिहार्य बनेको बताए।

उनका अनुसार सरकार जनताका माग सम्बोधन गर्न असफल भएको छ, सुशासन कमजोर भएको छ र भ्रष्टाचार झन्झन् बढ्दो छ। सापकोटाले भने, “अब सडक संघर्षको तयारी गर्नुपर्छ। संघर्षकै क्रममा कार्यनीतिक र रणनीतिक सवालहरू उठाउँदै लैजानेछौं। संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र समाजवादउन्मुख राज्यव्यवस्थाबारे जनमत सिर्जना गर्दै आगामी संघर्षसँग जोडिनेछ।”

बैठकले मध्यपहाडी लोकमार्गमा पार्टीको अभियान २१ भदौदेखि पुनः सुरु गर्ने निर्णय गरेको छ। साथै, पार्टी अनुशासन, गुट–उपगुट अन्त्यलगायत विषयमा छलफल भए पनि ठोस निर्णय भने नभएको प्रवक्ता सापकोटाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्