वामपन्थीबीच छिट्टै एकताको सम्भावना : अध्यक्ष प्रचण्ड

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थीबीच छिट्टै एकता हुन सक्ने संकेत गरेका छन्।

बुधबार प्रज्ञाभवनमा आयोजित अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले विभिन्न वामपन्थी र कम्युनिस्ट घटकबीच निरन्तर छलफल भइरहेको जानकारी दिए।

‘म यहाँबाट भन्न चाहन्छु, विभिन्न वामपन्थी र कम्युनिस्ट घटकबीच एकताको प्रयास भइरहेको छ। छिट्टै अर्को सम्मेलन हुनसक्छ, त्यो आठौँ सम्मेलन वा एकताको सम्मेलन पनि हुन सक्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसका लागि तयार भएर बस्न म आग्रह गर्दछु।’

उनको भनाइले वामपन्थीबीच पुनः सहकार्य र एकताको सम्भावनाबारे राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्