बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना गरिएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका अवसरमा भएको विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् ।
समारोहमा उपस्थित राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गरेका थिए । परेड सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा समेत सरिक भएका छन् ।
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका थिए । औपचारिक भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री ओली आजै स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।







