ल्य्क्युल हिमालका लागि NMA प्रशिक्षक सञ्जिब गुरुङसहितको टिम अपिहिमालको नौपाटा होमस्टेमा

दार्चुला – नेपाल पर्यटन बोर्डको STP परियोजना अन्तर्गत, अपिहिमाल गाउँपालिकाको सहजिकरणमा नेपाल पर्वतारोहण संघ (NMA) द्वारा पर्वतारोहण प्रशिक्षण तथा माउन्टेन गाईड तालिम सुरु भएको छ ।

यस प्रशिक्षणको लागि NMA का मुख्य प्रशिक्षक सञ्जिब गुरुङसहितको प्रशिक्षक टिम हालै अपिहिमाल गाउँपालिकाको नौपाटा होमस्टेमा पुगेको हो । आज विशेष कार्यक्रमका बीच टिमलाई अपिहिमाल बेस क्याम्पतर्फ बिदाइ गरिएको छ । तालिमको क्रममा टिमले ल्य्क्युल हिमाल (भभ्या चुली) आरोहण गर्नेछ भने प्रशिक्षक र विद्यार्थी गरी सात जनाले अपिहिमाल (७१३२ मिटर) समेत आरोहण गर्ने योजना रहेको छ ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिँह ठेकरेले शुभकामना दिँदै भने, “अपिहिमाल क्षेत्रमा यो किसिमको पर्वतारोहण तालिम र आरोहण गतिविधि हुनु गाउँपालिकाका लागि गौरवको कुरा हो । यसले पर्यटन प्रवर्द्धनसँगै यहाँका स्थानीय युवाहरूलाई पर्वतारोहण क्षेत्रमा दक्ष र सक्षम बनाउन ठूलो योगदान पुर्‍याउनेछ भन्ने हाम्रो विश्वास छ । म सम्पूर्ण प्रशिक्षक र विद्यार्थी टिमलाई सफल आरोहण र सुरक्षित यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्