गौरा पर्वको दोस्रो दिन : विरुडा धाेएर मनाइँदै

काठमाडौँ –  सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको छ। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो।

गौरा पूजनका लागि बिरुडा भिजाएर मनाइने गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले विरुडा धुनेछन् । यस वर्ष आज विरुडा धोएर भोली गौरादेवीलाई गौराघरमा भित्र्याउने संयोग परेको छ । तर सबै वर्ष यस्तो संयोग पर्दैन । आज विरुडा धुने र भोली गौराघरमा गौरा भित्र्याएर गौरादेवीको पुजाआजा गरिनेछ । आजको दिनलाई ‘बिरुडा धुने’ भनेर मनाइन्छ। व्रतालु महिलाहरुले बिहानै नुहाइधुवाइ गरेर बिरुडा धुने प्रचलन छ।

आज पधेरोमा बिरुडा धोएर गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन्। साउँ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइन्छ। व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो भने भोली गौरादेवीमा चढाउने चलन छ।

गौराको मुख्य दिन पर्सी अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट मन्दिर अर्थात गौराखलामा लगेर पूजा गर्ने चलन रहीआएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्