कैलाली कारागार झडप छानबिनका लागि पाँच सदस्यीय समिति गठन

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय कैलालीले कारागारभित्र भएको झडपको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन्।

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। गएराति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा एक जनाको ज्यान जानुको साथै ४७ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रही उनीहरू आईसीयूमा उपचाररत छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्