अर्किड आइडल नृत्य प्रतियोगिता २०८२–सिजन १२ को सेमिफाइनल सम्पन्न, टप–२५ छनोट

 

काठमाडौं – अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको अर्किड आइडल नृत्य प्रतियोगिता २०८२–सिजन १२ को सेमिफाइनल राउन्ड शुक्रबार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ। नेपाली लोक सांस्कृतिक नृत्यको प्रवर्द्धन, बालबालिकाको व्यक्तित्व विकास र प्रतिस्पर्धात्मक भावना उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता विद्यालयको प्रतिष्ठित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ।

यस वर्षको प्रतिस्पर्धामा पहिलो राउन्डमा १६० जना विद्यार्थी सहभागी बनेका थिए। तीमध्ये १०३ जनाले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। आजको चरणबाट २५ जना प्रतियोगीले उत्कृष्ट प्रस्तुति दिएर टप–२५ मा स्थान बनाउन सफल भएका छन्।

विद्यालयका संयोजक नरेन्द्र पाण्डेयका अनुसार फाइनल राउन्ड आगामी शुक्रबार विद्यालय परिसरमै हुनेछ। सो अवसरमा नेपाली लोक सांस्कृतिक क्षेत्रमा राष्ट्रिय ख्याति प्राप्त कलाकार निर्णायकका रूपमा उपस्थित हुनेछन्। विद्यालय परिवारले फाइनलमा प्रवेश गरेका सबै प्रतियोगीलाई हार्दिक बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ। कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रह्यो। विद्यालयले सहभागिता जनाएर उद्देश्य पूर्तिमा सहजीकरण गर्ने सम्पूर्ण अभिभावक र प्रतिस्पर्धीहरूलाई कृतज्ञता प्रकट गरेको छ।

फाइनल चरणमा प्रवेश गरेका प्रतियोगीहरूले अघिल्ला चरणमा प्रस्तुत गरेको गीतभन्दा फरक गीतमा, त्यससँग मेल खाने भेषभूषासहितको प्रस्तुति दिनुपर्ने विद्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्