काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला बिहीबार पनि बस्दैछ। नयाँ बानेश्वरमा जारी भेलाले अध्यक्ष चयन गर्नेछ। बुधबारको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्ष र साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो। पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठले २४ घन्टे स्पष्टीकरण नदिएपछि वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकिएको थियो। अध्यक्षका आकांक्षीमा रामलाल डगौरा, गंगा चौधरी र लालवीर चौधरी चर्चामा छन्। तर, निर्वाचन आयोगमा अद्यावधिक गर्न कठिन हुने देखिएको छ। रेशम चौधरी नेतृत्वको कार्यसमिति अद्यावधिक नहुँदा मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
नाउपाको भेला बिहीबार पनि जारी, नयाँ अध्यक्ष चयनको तयारी






