राष्ट्र बैंकद्वारा ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाण्डौ- नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशित गर्दै सुरक्षित तरिकाले नोट छाप्न इच्छुक अन्तर्राष्ट्रिय कम्पनीहरूलाई प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

मुद्रा व्यवस्थापन विभागले यस प्रयोजनका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ। राष्ट्र बैंकको सूचनाअनुसार बोलपत्र दाखिला गर्दा मूल्य नेपाली रुपैयाँमा २० हजार वा वैकल्पिक रूपमा अमेरिकी डलर १४६, युरो १२६ वा पाउन्ड १०९ तोकिएको छ।

बोलपत्र पेश गर्न अन्तिम मिति भदौ २३ गते तोकिएको छ, जसको मान्यता अवधि कम्तीमा १२० दिन हुनुपर्नेछ। साथै, इच्छुक कम्पनीले न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने व्यवस्था छ।

राष्ट्र बैंकले कुनै पनि वा सबै बोलपत्रहरू रद्द गर्ने अधिकार सुरक्षित रहेको उल्लेख गर्दै सूचना निष्पक्ष, प्रतिस्पर्धी र पारदर्शी प्रकृयाबाट प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्