प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणको जानकारी, अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको नेतृत्व र सफल पैरवी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणको उपलब्धिबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको विकास वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई अति कम विकसित मुलुकहरूका तर्फबाट अगुवाइ गर्दै सम्बोधन गरेको जानकारी दिए । उनले सम्मेलनमा आर्थिक कूटनीतिलाई अघि बढाउने, वैदेशिक लगानी बढाउने र विकास साझेदारीलाई प्रभावकारी बनाउने विषयमा जोड दिएको बताए ।

“यो भ्रमणले नेपालको हित, पहिचान र आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा मुखरित गरेको छ,” प्रधानमन्त्री ओलीले भने, “नेपाल २०२६ सम्म विकासशील मुलुकमा स्तरोन्नति हुनेतर्फ अग्रसर छ ।”

सम्मेलनकै क्रममा प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलामा सम्बोधन गर्दै लोकतान्त्रिक मूल्य र सशक्त नागरिक समाजको भूमिकाको वकालत गरे ।

भ्रमणको अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो । भ्रमणले राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुदृढ भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्