संघीय संसदको महासचिवमा डा. गौतम नियुक्त

काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरेकी हुन् ।

गौतमलाई महासचिवमा नियुक्तिका लागि सोमबार नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सिफारिस गरेका थिए ।

कास्की निवासी गौतम संघीय संसदको सचिवालयमा सचिव पदमा कार्यरत थिए । मनोहरप्रसाद भट्टराईले अवकास पाएपछि संघीय संसदको महासचिव पद गत चैत ३ गतेबाट रिक्त थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्