जया मल्टिपल क्याम्पसले टेलिभिजन बाट पढाउन सुरु गर्‍याे

सुशील सुवेदी

काठमाडौं – काठमाडौंको माकलबारी स्थित जया मल्टिपल क्याम्पसले टेलिभिजन कक्षा सुरु गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनले क्याम्पसमै पुगेर पढ्ने र पढाउने काम रोकिएपछि टेलिभिजन बाट कक्षा सुरु गरिएको हो ।

जया मन्टिपल क्याम्पसका विद्यार्थी सुरेश थापाले टेलिभिजन बाट पठनपाठन सुरु गरेपछि सजिलो भएको बताए । उनले गाउँ गाउँमा इन्टरनेटको सुविधा नहुँदा धेरै समस्या हुने हुँदा आफु अध्यनरत क्याम्पसले टेलिभिजन बाट पढाइ सुरु गरेर आफुलाइ सजिलो भएको सुनाए ।

‘स्वाध्ययनको सिलसिलामा विद्यार्थीलाई कुनै खालको समस्या नपरोस् भनेर हामीले उपलब्ध स्रोत साधनको उपयोग गरेर जति सकिन्छ, त्यति सुरु गरौँ भनेर काम गरिरहेका छौँ,’ क्याम्पस प्रमुख भवानि प्रसाद पौडेलले भने । ‘कोर्स नै अगाडि बढाउनेभन्दा पनि पढाइ भइसकेका विषय पुनः दोहोर्याउने र पढ्न बाँकी विषयवस्तुमा विद्यार्थीले पूर्व तयारी गर्न सकून भन्ने उद्देश्यले टेलिभिजन बाट पठनपाठन सुरु गरेको पौडेलले जानकारी दिए ।

त्यस्तै क्याम्पसले पाठ्यक्रममा आधारित श्रव्य, दृश्य तथा पाठ्यसामग्री उपलब्ध गराउँदै कक्षा ११ र १२ का विद्यार्थिहरुका लागि कास्ठकाण्डप टेलिभिजन बाट पठन पाठन सुरु गरेको क्याम्पसले जनाएको छ ।

कोभिड–१९ को महामारीका कारण शैक्षिक संस्थाहरु बन्द भएपछि विद्यार्थिहरुको पठनपाठन नबिग्रियोस र घरमै बसेर पनि आफ्नो पढाइलाइ निरन्तरता दिन सकुन भनेर टेलिभिजन मार्फत पढाउन सुरु गरिएको क्याम्पस प्रमुख पौडेलले जानकारी दिए ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्