बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौं –  मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा  बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।

मंगलबार  उपचारका क्रममा अभिनेता खानको ५४ वर्षको उमेरमा  निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।

गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

कुशल अभिनयका लागि चिनिएका इरफानले तलभार, पिकु, गुन्डे, सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, लगायत फिल्ममा अभिनय गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्