सुरेन्द्र पाल मन्त्री भएपछि बैतडीका विभिन्न ठाउँमा दिपावली गरियो

बैतडी– बैतडी प्रदेश सभा (क) बाट निर्वाचित सुरेन्द्र बहादुर पाल मन्त्री भएपछि बैतडीमा खुसीयाली छाएको छ । हिजो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गरेको मन्त्रीपरिषद् विस्तारमा उहाँलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिएको हो ।
मन्त्रीको जिम्मेवारी पाएसँगै गृह जिल्ला बैतडी तथा उहाँको निर्वाचन क्षेत्रमा स्थानीय बासिन्दा, नेता तथा कार्यकर्ताहरुले खुसीयाली मनाउनुका साथै दिपावली गरेका छन् ।

गोकुलेश्वर, डिलासैनीमा समेत स्थानीयहरुले दिपावली मनाएका छन् । यस्तै अन्य मुख्य मुख्य ठाउँमा समेत खुसियाली साटासाट गर्नूका साथै दिपावली गरेको हो ।

नेकपा एमाले बैतडी जिल्लाको अध्यक्ष समेत भएका मन्त्री पाल जनताको बहुदलीय जनवादको कुशल व्याख्याताको रुपमा छवि बनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्