संसदीय छानबिन समितिमा कांग्रेसले पठायो पाण्डे र न्यौपानेको नाम, अरु दलबाट को-को ?

काठमाडौँ – नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धमा बन्ने संसदीय छानबिन समितिका लागि आफ्नो तर्फबाट सभामुखलाई नाम बुझाएको छ ।

कांग्रेसले सहमहामन्त्री बद्री पाण्डे र सांसद ईश्वरी न्यौपानेको नाम दिएको हो । ७ सदस्यीय छानबिन समितिमा कांग्रेस र एमालेका तर्फबाट २–२, माओवादी, रास्वपा र राप्रपाका एक–एक सदस्य रहने छन् ।

सत्तारूढ नेकपा (एमाले) बाट सांसदहरू सूर्य थापा र सरिता भुसाल रहने भएका छन्। यस्तै नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहने भएका छन्।

मंगलबार साँझ बस्ने प्रतिनिधि सभा बैठकले संसदीय छानबिन समिति गठन गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्