तीन पटक सम्म आरडीटी पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु, कोरोनाको आशंका

वीरगञ्ज – तीन पटकसम्म गरिएको -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु भएपछि मृतक युवती कोरोना संक्रमित रहेको आशंकामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकाकी २३ वर्षीया युवतीको उपचारकाक्रममा तीन पटकसम्म -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा यकिन गर्न थ्रोट स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको तर ति युवतीको उपचारकाक्रममा मृत्यु भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले भने , ‘उहाँ ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ, आरडीटी पोजेटिभ देखिएको थियो, त्यस्तैले यकिन गर्न पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएका छौं साझसम्म रिपोर्ट आईपुग्छ । उनलाई कोरोना संक्रमण भएको आशंकामा आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको हो ।’

मृत्यु भएकी ती युवतीको स्वास्थ्य समस्या देखिएपछि गत चैत ५ गते चितवन जिल्लाको भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको प्रमाणित भएको र चैत ९ गते डिस्चार्ज भई वीरगञ्ज ११ अशोकवाटिका स्थित आफ्नो घर आई बसी रहेकी थिईन् । बैशाख १३ गते उनको स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज कै एडभान्स अस्पताल लगिएको तर एडभान्सले बिरामीलाई आईसीयुमा राख्नुपर्ने जनाउदै नेशनल मेडिकल कलेजमा रिफर गरेको र नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामी भर्ना नै नगरेपछि पारिवारले शनिबार राति १० बजेतिर तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरेका थिए ।

तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएपछि अन्य जाँचसँगै अस्पतालले आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि दोश्रो पटक आरडीटी परीक्षण गरेका तर रिपोर्ट पोजेटिभ नै देखिएपछि नारायणी अस्पताललाई खबर गरेको र नारायणी अस्पतालको टोलिले पनि आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. उपाध्यायले बताए ।

मृत्यु भएकी युवतीको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) शंकास्पद रिपोर्ट आएको तर पिसिआर टेस्टको रिपोर्ट आईनसकेकाले उनका परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । –गोरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्