२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने

काठमाडौँ – २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी)सँग छलफल गर्ने भएका छन् ।

आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ । शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो । यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्