बालेन भन्छन्- बुझेर कदम चाल्नुहोला, महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं

काठमाडौँ । पक्राउ गरिएका काठमाडौँ महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताएका छन् ।

बुझेर कदम चाल्न चेतावनी दिदै बालेनले पदमा तलमाथि र  भूमिकामा तलमाथि भएपनि महानगरका कर्मचारीको आत्मसम्मानमा सम्बेदनशील रहेको बताएका छन् ।

उनले भने- 

फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला – पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।  अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन ।  बुझेर कदम चाल्नुहोला ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्