विरामी हुनुहुन्छ ? काठमाडौँमा बालेनले गर्नेछन् नि:शुल्क उपचार !

काठमाडौँ – काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौँ महानगरले गर्ने बताएका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने उनको भनाइ छ ।

आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । ‘

साथै प्रमुख शाहले निःशुल्क उपचारबारे थप जानकारी चाहिएमा, काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्